खेलाडी र प्रशिक्षकले लगाए खोप


काठमाडौं, (नेस)  ।

नेपाल ओलम्पिक कमिटीको पहलमा आइतबार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा रहेका खेलाडी र प्रशिक्षकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
पाटन अस्पतालमा कराते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लिएका हुन् ।

यस्तै, पोखरामा आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले खोप लगाए । पौडीका खेलाडीले भने यसअघि नै खोप लगाइसकेका छन् । सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा औं ३२औं गृष्मकालीन ओलम्पिक हुँदै छ । खोप लगाउनेमा ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारी पनि रहेका छन् ।