सल्यानमा भरुवा बन्दुक सहित दुई जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर २ निवासी ४५ वर्षीय कुल बहादुर सारु र सोही ठाउँका २५ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

सारु घर नजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाई राखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कर्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको प्रहरी प्रमुख गोबिन्द थापाले बताउनु भयो ।

उनिहरुलाई ईलाका प्रहरी कार्यलय लुहाम सल्यानको हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।