होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा गौतम निर्वाचित

0
Shares

यमलाल भुसाल, बुटवल ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित हुनु भएको छ । संघको २०औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी नेतृत्वका लागि सोमबार राती सम्पन्न निर्वाचनमा गौतमले ३४९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन आयुक्त यमलाल खनालले बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष गौतमका प्रतिद्वन्दी जीवनप्रसाद श्रेष्ठले २९४ मत प्राप्त गरि पराजित भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी हुनु भएको छ । प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितिय उपाध्यक्षमा रोमाकान्त पाण्डे, महासचिवमा माधव कुमार खनाल र कोषाध्यक्षमा टंक पराजुली विजयी हुनु भएको छ् ।

निर्वाचन आयुक्त खनालका अनुसार संघको सचिव र सहकोषाध्यक्षमा क्रमशः अर्जुन थापा र खिमराज पोख्रेल निर्विरोध निर्वाचित भैसकेका छन् । साथै संघका सदस्यहरुमा केशवराज कंडेल, अर्जुन पोखरेल, उमेश सापकोटा, कृष्णप्रसाद पाण्डे, खुमराज ज्ञवाली, टंकप्रसाद पोखरेल, डिल्लीराज अर्याल, तुल्सीराम पराजुली, थम्मन भण्डारी, माधव ढकाल, रामबहादुर न्यौपाने विजयी भएको आयुक्त खनालले जानकारी गराउनु भएको हो ।