प्रेस काउन्सिलमा ४ नयाँ सदस्य


काठमाडौं, (नेस) ।
प्रेस काउन्सिल नेपालले नयाँ चार सदस्यलाई स्वागत गरेको छ । नेपाल सरकार (मन्त्रीस्तरीय) २०७७ फागुन १० को निर्णयानुसार मनोनयन हुने सदस्यहरूमा गणेशप्रसाद पोखरेल (झापा), हरिप्रसाद जोशी (कञ्चनपुर), चिरञ्जीवी मास्के (दोलखा) र शरदप्रसाद अधिकारी (दाङ)लाई एक कार्यक्रम गरी स्वागत गरेको हो ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड ‘घ’बमोजिम मनोनयन हुनुभएका सदस्यहरूलाई कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी तथा सदस्यद्वय दीपक पाण्डे र दुर्गा भण्डारीले स्वागत गर्नुभएको थियो ।