मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावले गति लिने संकेत

सर्वोच्चको फैसलाको तरंग 


नेपाल समाचारपत्र, हेटौंडा ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक इजलासको फैसलाले ठूलो धक्का लागेस“गै बागमती प्रदेशका सोही समूहका नेता प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावले पनि गति लिने संकेत देखिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसद् विघटनको विरुद्धमा भएपछि अविश्वास प्रस्तावले गति लिने देखिएको हो ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानिया“ले नेकपाको आन्तरिक कारणबाट प्रदेशसभा अवरुद्ध हुनु गलत भएको भन्दै अब प्रदेशसभा सञ्चालनको बाटो खुला भएको बताउँदै भन्नुभयो– ‘अब नेकपाकै एउटा पक्षले दर्ता गराएको मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गरी चा“डै निर्णयमा पुगिनेमा हामी विश्वस्त छौं ।’

विगतमा सभामुख सानुकुमार श्रेष्ठले कांग्रेसले समय मागेकाले बैठक स्थगित गरिएको बताउनुभए पनि नेता बानिया“ले बिनापरामर्श सूचना टा“सेर संसद् स्थगित गर्ने कामको प्रतिरक्षाका लागि कांग्रेसलाई मुछेर सभामुख श्रेष्ठले आफ्नो पदको गरिमा घटाउने काम गरेको आरोप लगाउनुभएको थियो ।सर्वोच्चको फैसलाको प्रभावस्वरूप प्रदेशसभाले दबाबमुक्त भएर अविश्वास प्रस्तावलाई प्रदेशसभा बैठकमा प्रक्रियागतरूपमा अघि बढाउने बानियाँको अपेक्षा छ । सत्ताको दबाबमा प्रदेशसभा सभामुख श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल नगराएको आरोप लागिरहेको छ ।फैसलापछि उत्साहित नेकपाको प्रचण्ड–माधव पक्षकी बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलका अनुसार मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव पास हुने देखिएपछि मुख्यमन्त्रीकै निर्देशनमा प्रदेशसभा बैठक स्थगित हु“दै आएको थियो । उहाँ भन्नुहुन्छ– ‘प्रदेशसभा सञ्चालनमा अवरोध गर्ने बहाना हटेकाले चा“डै प्रदेशसभा बैठक सञ्चालन हुनेमा हामी विश्वस्त छौं ।’

उक्त प्रस्ताव निर्णयका लागि सभाका सभामुख श्रेष्ठले मुख्यमन्त्री पौडेलको पक्ष लिएर ढिलाइ गरिरहेको नेकपाकै प्रचण्ड–माधव समूहले आरोप लगाइरह“दा सभामुखले भने अविश्वास प्रस्तावकै कारण प्रदेशसभाको सातौं अधिवेशन (बैठक) स्थगित नगरेको दाबी गर्नुभएको छ ।प्रदेशसभामा रहेका नेकपाका ८० सांसद्मध्ये ४५ सांसद्को हस्ताक्षरसहित पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । १ सय १० सांसद रहेको बागमती प्रदेशमा सरकार बनाउनका लागि ५६ सांसद् आवश्यक पर्दछ । मुख्यमन्त्री पौडेल नेकपाको केपी ओली समूहका हुन् भने अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद्हरु प्रचण्ड–माधव समूहका हुन् ।