बुढानीलकण्ठमा आज कांग्रेसको पदाधिकारी बैठक बस्दै


न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।प्रचण्ड- माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसैले कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।