बुढानिलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता


न्युज अफ नेपाल , काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड- नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।

बुधबार चितवनबाट फर्केलगत्तै प्रचण्ड-नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। उनीहरूबीच अहिले छलफल जारी छ।‘सर्वोच्चले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो। अब कसरी अगाडि बढ्ने भन्नेबारे देउवा, प्रचण्ड- नेपालबीच छलफल भएको छ। प्रचण्डले सबै दलसँग सहमति र समझदारी गरेर अघि बढ्ने बताइरहेका छन्।