सुनको मूल्यमा वृद्धि, तोलाको कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आइतबार सुनको मूल्य ८ सयले बढेको छ ।

शुक्रबार प्रतितोला ८८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोलामा ८७ हजार ७५० मा कारोबार भएकाको थियो भने आइतबार प्रतितोला ८८ हजार ५५० मा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।