अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको मृत्यु

0
Shares

लुइभेल, केन्टकी ।

अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा वसोवास गर्दै आएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ ।

अध्ययनको शिलशिलामा पांच वर्ष अगाडि अमेरिका आएका प्रमोदको सोमवार राति सुतेकै अवस्थामा निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको निधन के कारणले भयो भन्ने थाहा हुन सकेको छैन ।

ह्युष्टनमा हिमपातको कारण वत्ती गएका कारण प्रमोद र उनीसंगै वस्ने साथीहरुले सोमवार राति वाहिर वार्वीक्यु पार्टी गरेका थिए र सुत्न गएका थिए । मंगलवार विहान संगै वस्ने साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए ।

झापाको वुधवारे घर भएका प्रमोद कम्प्युट साइन्सको विद्यार्थी थिए र अध्ययनसंगै काम पनि गरिरहेका थिए । अमेरिकामा छोराको निधन भएपछि झापामा रहेको स्वर्गीय प्रमोदको परिवारलाई कसरी शवलाई नेपाल ल्याउने र अन्त्येष्टि गर्ने भन्ने चिन्ताले सताएको छ ।