आफूले पढेको विद्यालयलाई अक्षयकोष


डडेल्धुरा, (नेस) ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशसभाका सांसद कर्णबहादुर मल्लले स्व. बुबा डम्बरबहादुर मल्ल र आमा पार्वती मल्लका नामबाट आफूले प्राथमिक शिक्षा हासिल गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

श्रीपञ्चमीको अवसरमा मंगलबार गन्यापधुरा गाउँपालिका–२ चम्सालस्थित भुवनेश्वरी आधारभूत विद्यालय चम्सालमा रु १ लाख बराबरको सरस्वतीको मूर्ति बनाएर हस्तान्तरण गर्नुभएको थियो । साथै सांसद मल्लले स्व. बुबा र आमाका नामबाट १ लाख ५ हजार रुपियाँको अक्षयकोष स्थापना गरेको सांसद मल्लका सहयोगीसमेत रहेका नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टले जानकारी दिनुभयो ।

सांसद मल्लले सो विद्यालयमा अध्ययनरत छात्राहरुमध्ये सबैभन्दा जेहेन्दार र पढाइमा उत्कृष्ट छात्राहरुलाई वर्षेनी पुरुष्कार वितरण गर्न अक्षयकोष स्थापना गरिएको बताउनुहुन्छ । उहाँले छात्राको शैक्षिक गुणस्तर विकासमा योगदान पु¥याउन उनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले शुरुआत गरेको गाउँको विद्यालयमा अक्षयकोष स्थापना गरिएको जानकारी दिए ।