देशभर थप १०५ जनामा कोरोना संक्रमण, ९९ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना डिस्चार्ज भएका छन् ।

योसहित कोरोना मुक्त हनेको कुल संख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ । कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या सून्य रहेको छ । हाल ७४ जना क्वारेन्टाइनमा छन् भने १ हजार ५८७ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ । मृत्यु हुनेको प्रतिशत ०।७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।