झापामा एक पुरुषमाथि अप्राकृतिक करणी

0
Shares

न्युज अफ नेपाल, झापा ।

झापामा एक पुरुषमाथि बलात्कार भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई अदालतले म्याद थप गर्न नमानेपछि छाड्नु परेको प्रहरीले जनाएको छ ।

अप्राकृतिक करणीमा १८ वर्ष मुनिका बालकलाई मात्रै कारबाही गर्न मिल्ने कानूनी व्यवस्था मुलुकी अपराध संहितामा छ । पीडितको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।