पढाइ निरपेक्ष प्रतिभा अमर


गीत–कविता रचना गर्न कति पढ्नुपर्छ ? अथवा कुनै चर्चित तथा वरिष्ठ रचनाकारको शैक्षिक योग्यता कति होला? यस्ता प्रश्न सायद रचनाका सन्दर्भमा लागा हुुादैनन्। कतिपय घाासीले तत्काल गीत रचना गर्छन् र गाउा–बेंसी घन्काउादै गाउाछन्। भरत मुनिको नाट्यशास्त्रका नवरस त्यसमा मजाले अभिव्यक्त भएका हुन्छन्। प्रकृति र व्यवहारको विश्वविद्यालयमा पढेका यस्ता प्रतिभाको शैक्षिक योग्यता खोज्नु नै गलत सोच हुुादोरहेछ।

अमरबहादुर श्रेष्ठ (६५) यस्तै प्राकृतिक प्रतिभा हुन्। भोजपुर जिल्लाको दिङ्लास्थित अरुण माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा परिस्थितिले उनलाई मजदुरी गर्न शहरतिर धपायो। ‘आज राष्ट्रपति भएकी विद्यादेवी भण्डारी त्यतिखेर त्यही विद्यालयमा कक्षा ३ मा पढ्नुहुन्थ्यो, उमेरमा पनि मभन्दा तीन वर्ष नै कान्छी’, अमरबहादुर भन्छन्– ‘उनी पनि निकै दुःख र हन्डर खाादै हुर्केकी चेली हुन्।’जीवनमा हन्डर खानेहरुलाई समयले एकपटक अवसर दिादोरहेछ भन्ने दुई उदाहरण अहिले शीतल निवास र चोभारगेट, कीर्तिपुर नगरपालिका–६ मा भेटिन्छन्। काठमाडौंबाट दक्षिणकाली हुुादै हेटौंडातिर जाने यात्रुहरुले चोभारगेटमा सल्लाघारी शुरु हुनासाथ बायाातिर सडकमै चिया–नास्ता र सिकर्मी पसलको संयोजन देख्न सक्छन्।

अझ जाडो बेलामा बिहानको ३ बजे नै धुनी जगाइएको पनि हुन सक्छ आागनमा। ‘धेरै गरिब यस कोरोनाको बेला, पैदलै हिाडेर घरतिर गए। बिचरा जाडोले कठ्यांगिा्रदै हिाडिरहेका हुन्छन्, आगो तापान् भनेर म बोलाउाछु, एक–आधा घण्टा तातिन्छन् र बाटो लाग्छन्’, अमरबहादुर सुनाउाछन्– ‘कुन व्यक्तिमा कस्तो प्रतिभा हुन्छ, हामी चिन्न सकिरहेका हुन्नौं, अहिले हजुरबाउ भएपछि वर्षौं सागै रहेकी मेरी श्रीमतीले मलाई चिनिछन्। भन्छिन्– तपाईं वरिष्ठ रचनाकार, गीतकार संघ नेपालको आजीवन सदस्य, रचनातिरै लाग्नुस्, यो चिया पसल म सम्हाल्छु।’श्रीमतीले चिया पसल सम्हाले पनि सिकर्मीको काम अमरले मात्र जान्दछन्। घर–व्यवहारका सामान्य भनिने काममा रमाउने र त्यसलाई सिर्जनात्मक स्वरूप दिने उनको प्रतिभा सबैले पहिचान गरिहाल्ने खालको पनि छैन। किनभने उनी सादा जीवन उच्च सिर्जनामा विश्वास गर्छन्।