थप १२२ जनामा कोरोना संक्रमण, १४४ डिस्चार्ज

0
Shares

काठमाडौँ ।

आज देशभर थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १४४ जना डिस्चार्ज भएसँगै कोारेना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । सोही अवभिमा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुने कूल संख्या २ हजार ५५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।