न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति र रामको नाममा जनतामा भ्रम बाँडिरहेको बताएका छन् ।
बैशाखमा हुने भनिएको चुनाव सम्पन्न नहुँने दावी गर्दै थापाले भने प्रधानमन्त्री केपी ओली चुनावको नाटक मात्रै गरिरहेका छन्, उनी चुनाव गराउन तयार छैनन्। चुनाव नहुने दोष अरुलाई बोकाउन खोज्दैछन्, यसमा कांग्रेसले ख्याल गर्नुपर्छ।’
सोमबार कांग्रेसले चितवनको भरतपुरमा आयोजना गरेका विरोध सभालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् ।
चुनावको तयारी चलिरहेको प्रचार गर्नु ओलकिो नौटंकी भएको बताउँदै थापाले भने,’प्रधानमन्त्री ओली हायात होटलभित्र लुकेर कोरियाबाट ल्याएको होली वाइन पिइरहँदा हामी हामी पशुपतिमा आरती गरिरहेका थियौँ, यो सबै प्रधानमन्त्रीको नौटंकी हो। सपथ लिँदा ईश्वरलाई सम्झिन नसक्नेले अहिले पशुपति र रामको नाममा जनतामा भ्रम बाँडिरहेका छन्।’
बितेका तीन वर्षमा सरकारले केही उपलब्भि नगरेको ओरोप लगाउँदै थापाले भने, ‘बितेका तीन वर्ष सन्की प्रधानमन्त्रीका कारण खेर गएको छ। ओलीका कारण तीन वर्षमा नेपाल र नेपाली अस्तव्यस्त भएका छन्, यसबीचमा भ्रष्टाचारले सीमा नाघेको छ। नेकपा सरकारकै मान्छेले बालुवाटार पनि मिलेर खाए, प्रिन्टिङ प्रेस पनि खाएका छन्। एकपछि अर्को कु-कृत्य गर्दै गएका छन्।’











प्रतिक्रिया