नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल, भारत र भुटानमा गरी ५० हजार किलोमिटर पदयात्रा गरेर आचार्य श्री महाश्रमणले इतिहास बनाउनुभएको छ । भारतका २३ राज्यलगायत छिमेकी दुई मुलुक नेपाल र भुटानमा वर्षौं लगाएर पदयात्रा सम्पन्न गरेका कारण मात्र उहाँ ऐतिहासिक हुनुभएको होइन, यात्राका साथ अहिंसात्मक आन्दोलनलाई पनि प्रवद्र्धन गर्नुभएकाले उहाँ स्मरणीय हुनुभएको छ ।’ –उहाँका अनुयायी सानेपा, ललितपुरका सानिध्य बस्नेतले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभएको छ ।बस्नेतका अनुसार आचार्य महाश्रमणले अहिंसा यात्राको प्रणेता तेरापंथ धर्मसंघका मँल्य–मान्यतालाई अघि बढाउनुभएको छ । भौतिक संसाधनयुक्त आजको युग जहाँं यातायातका साधन यत्रतत्र छन्, तर पनि पँर्वीय ऋषि परम्परालाई जीवित राख्दै जनोपकारका लागि निरन्तर पदयात्रा गरिरहनुभएको छ, यो आफैमा महत्वको विषय भएको बस्नेत बताउनुहुन्छ ।
‘उहाँ जहाँ–जहाँ जानुभयो सद्भावना, नैतिकता एवं नशामुक्तिका लागि अभियान चलाउनुभयो, उहाँसँग प्रतिबद्धता जनाएपछि नशालाई सदाका लागि त्यागेका व्यक्तिको जमात ठुलो छ’, बस्नेत भन्नुहुन्छ– ‘सात वर्षअघि सन् २०१४ मा भारतको नयाँदिल्लीस्थित लालकिल्लाबाट शुरु गरिएको अहिंसा यात्राले निरन्तरता पाउनु पनि उत्साहपूर्ण विषय हो ।’ आचार्यले यात्राका दौरान राजनेता, अभिनेता, न्यायाधीश, उद्योगपति, सेनापतिदेखि सामान्य व्यक्तिलाई समेत भेटेर अहिंसात्मक यात्रामा लाग्न प्रेरित गरेको बस्नेतको भनाइ छ । १२ वर्षको अल्पआयुमै अणुव्रत प्रवर्तक आचार्य श्री तुलसीका शिष्यका रूपमा दीक्षित बनेका उहाँले ध्यान, योगआदिको कार्यशाला चलाएर प्रशिक्षण दिने गर्नुहुन्छ ।
यात्राका क्रममा उहाँले बौद्ध धर्मगुरु दलाई लामा, बाबा रामदेव, रविशंकर, स्वामी अवधेशानन्द गिरी, स्वामी निरञ्जनानन्द, मौलाना अरशद मदनीजस्ता विभिन्न धर्मगुरुहरुले आचार्यसँग मिलेर उहाँका जनकल्याणकारी अभियानप्रति समर्थन दिनुभएको छ ।आचार्य महाश्रमणले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री सुशील कोइरालालगायतका व्यक्तिलाई आफ्नो शिविरमा सहभागी गराइसक्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत प्रभावशाली नेताहरु लालकृष्ण आडवाणी, राजनाथ सिंह, सोनिया गान्धी, राहुल गान्धी, पी चिदंबरम आदि पनि उहाँको शिविरमा सहभागी भइसक्नुभएको छ ।‘यो पदयात्रा महात्मा गान्धीको दाण्डी यात्राभन्दा एक सय २५ गुना बढी र पृथ्वीको परिधिभन्दा सवागुणा अधिक हो । भारतको उत्तरी छेउदेखि दक्षिणी अथवा पूर्वी छेउदेखि पश्चिमी छेउसम्मको १५ परिक्रमा गरेपछि मात्र ५० हजार किलोमिटर पदयात्रा पूरा हुन्छ।’ –बस्नेतले व्याख्या गर्नुभएको छ ।
प्रतिक्रिया