इबोलाका कारण गिनीमा एक नर्ससहित ३ को मृत्यु


एजेन्सी ।

पश्चिम अफ्रिकी देश गिनीमा इबोलाका कारण चार जनाको मृत्यु भएको छ । गिनीको नजेरेकोर क्षेत्रमा इबोलाका कारण चार जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।

एक अस्पतालकी नर्सको मृत्यु भएसँगै उनको अन्तिम संस्कारमा उपस्थित भएका अन्य आठ जना बिरामी भएका थिए । छिन् । ती ८ व्यक्तिमा इबोलाको लक्षण देखिएको थियो । उनीहरुमध्ये तीन जनाको मृत्यु भएको छ भने चार जनाको उपचार भइरहेको छ ।

यो भन्दा पहिला गिनीमा इबोलाका कारण सन् २०१६ मा पहिलो पटक मृत्यु भएको थियो । सन् २०१३ देखि २०१६ का बीच इबोलाका कारण विश्वभर करिब ११ हजार ३ सय भन्दा बढीको मृत्यु भएको थियो । पछि वैज्ञानिकले इबोलाविरुद्धको भ्याक्सिन पनि तयार गरेका थिए ।