देशभर थप १०४ जना कोरोना संक्रमित भेटिए, मृत्यु शून्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १०४ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पपिछल्लो २४ घण्टामा थप १३१ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ । हालसम्म मृतकको संख्या २ हजार ५४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार पाँच सय जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यस्तै, आज थपिएका संक्रमितमध्ये ६१ जना उपत्यकाका रहेका छन् । गौतमका अनुसार भक्तपुर २, ललितपुरमा १२ र काठमाडौंमा ४७ गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १६ सय ४ जना आइसोलेसनमा छन् भने ७९ जना क्वारेन्टाइनमा छन् ।