आज सुनको मुल्यमा सामान्य गिरावट


काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा ह्रास भएको छ । आज सुनको मूल्य १०० रुपैयाँले घटेर रु ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज आइतबार ९० हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ । शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ यस ३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य रु १५ रुपैयाँले वृद्धि भएको महासङ्घले जनाएको छ ।