१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, अभियुक्त पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा महेन्द्रनगर नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने २१ वर्षीय दिपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ ।

मण्डललाई शनिबार साँझ पक्राउ गरिएको हो । बालिका बलात्कारको खबर पाएलगत्तै महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मण्डललाई नियन्त्रणमा लिएको थियो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।