छोडेर गल्ती गरे भन्ने पछुतो छैन : वर्षा शिवाकोटी



सुन्दर अभिनेत्रीमध्येकी एक हुन् वर्षा शिवाकोटी। नाइँ नभन्नु ल–२, पशुपतिप्रसाद, लप्पनछप्पन, बाजागाजा, पुरानो बुलेट, जय शम्भो, भैरे, वीरविक्रम–२ लगायतका फिल्ममा गरेको अभिनयका कारण वाहवाही पाएकी वर्षाको परदेशी–२, मनसँग मन, लक्का जवानजस्ता फिल्महरु प्रदर्शन हुन बाँकी छन्। वर्षाले मात्र व्यापारिक क्षेत्रमा पनि पाइला चालेकी छिन्। उनी केही समयअघि मात्र भैँसेपाटीस्थित मेडसिटी हस्पिटलको स्किन केयर डिपार्टमेन्टको सीईओ पदमा नियुक्ति भएकी छिन्। उनै वर्षाका साथ गरिएको कुराकानी यहाँ प्रस्तुत छ: रश्मी थापा
हाल के गर्दै हुनुहुन्छ ?
अहिले फिल्मको कामहरु खासै चलिरहेको छैन। नयाँ बिजनेसमा आबद्ध भएको छु, त्यसैमा व्यस्त छु।

स्किन केयरसँग कसरी आबद्ध हुनुभयो?

केही समयअघि हस्पिटलको प्रोमोसनका लागि हेल्प गर्नुप¥यो भनेर त्यहाँको डक्टरहरुले भन्नुभएको थियो। मेडिसिटीको स्किन डिपार्टमेन्टमा चाहिँ स्किनको समस्याको उपचार मात्र नभई सुन्दरता बढाउने खालको उपचार पनि हुने रहेछ। म म्यानेजटको स्टुुडेन्ड पनि भएको हुनाले र फिल्म क्ष्ँेत्रसँगै अन्य व्यावसायिक क्षेत्रमा पनि आबद्ध हुनुपर्छ भन्ने सोच भएका कारणले आफँ पनि त्यहाँ आबद्ध हुन चोहेको कुरा उहाँहरु समक्ष राखें। मैले उहाँहरुलाई प्रोमोसनल भिडियो ब्रान्ड एम्बेस्डर मात्र भएर हेल्प गर्ने भन्दा पनि आफँले म्यानेजमेन्ट नै हेर्ने गरी आबद्ध हुन्छु भनेपछि उहाँहरु पनि खुसी हुनुभयो र पार्टनरसिपमै काम गरौं भन्ने सोचले उक्त हस्पिटलमा आबद्ध भएँ।अब आउनेमध्ये कुनचाहिँ फिल्मलाई लिएर एक्साइटेड हुनुहुन्छ?मनसँग मन, परदेशी र लक्का जवान गरी तीनवटा फिल्म रिलिज हुन बाँकी छन्। लामो समयपछि आउन लागेका कारण मेरो सबै फिल्मलाई लिएर एक्साइटेड नै छु।

फिल्म साइन गरेर छोड्नु पनि हुन्छ। खासमा राइट डिसिजन लिन नसकेर हो?

राइट डिसिजन लिएका कारण नै ती फिल्महरु छोडेको हुँ। कतिपय फिल्म फ्लोरमा जान लागिसकेको अवस्थामै पनि छोडेको छु। शुरुमा एउटा र पछि अर्को खालको कुरा भएका कारण पनि फिल्म छोड्छु। राइट डिसिजन लिन नसकेको भन्दा पनि राइट डिसिजन लिनचाहिँ ढिला भएको हो। तर, मैले जति फिल्म छोडें, ती फिल्म छोडेर मैले राम्रै गरें भन्ने लाग्छ। अहिलेसम्म यो फिल्म छोडेर गल्ती गरें भनेर पछुतो मान्नुपरेको फिल्म कुनै पनि छैन।

तपाईंसँगै यो क्षेत्रमा आएका कतिपय नायिकाले धेरै फिल्ममा काम गरिसक्दा पनि तपाईंको फिल्मको संख्या कम हुनुका कारण के हो?

म फिल्म क्षेत्रमा आएदेखि नै रेगुलर काम गरिरहेको छु। कुनै पनि बेला खाली बसेको छैन। फिल्मका लागि धेरै अफर आइरहेका हुन्छन्। अफर आयो भन्दैमा जस्तो पायो त्यस्तो फिल्ममा काम गरेर पनि भएन, आफँलाई पनि चित्त बुझ्नुप¥यो। अहिले कोरोनाका कारण फिल्ममा काम नगरे पनि तीनवटा फिल्म रिलिज हुन लागिरहेकाले फिल्म लिन हतार नगरेको हो।

काम गरेकामध्ये मन परेको फिल्मचाहिँ कुन हो?

हुन त सबै फिल्ममा उत्तिकै मेहनत गरिएको हुन्छ। स्क्रिप्ट मन परेर नै काम गरेकोले मन नपरेको फिल्म भन्ने नै छैन। तर, दर्शकले पनि धेरै मन पराउनु्भएको र आफँलाई पनि अन्य भन्दा बढी मन परेको फिल्मचाहिँ पशुपतिप्रसाद हो।
फिल्ममा क्षेत्रमा नआएको भए के बन्नुहुन्थ्यो?
म फिल्म क्षेत्रमा आउनुअघि बीबीए पढिरहेको थिएँ। म्यानेजमेन्टको स्टुडेन्ट भएकाले फिल्म क्ष्ँेत्रमा नआएको भए बैंकिङ सेक्टरतिर हुन्थें होला। फिल्म क्षेत्रमा आएपछि मलाई यही क्षेत्र एकदम राम्रो लागिरहेको छ। यहाँ म खुलारूपले काम गर्न पाइरहेकी छु। बैंकिङ क्षेत्रमा रहेको भए एउटा बाउन्ड्रीमा रहेर काम गर्नुपर्ने हुन्थ्यो। यस कारण फिल्म क्षेत्रमा आएर पछुतो मान्नुपरेको छैन।

तपाईंको प्रतिस्पर्धी नायिकाका रूपमा कसलाई लिनुहुन्छ?

म आफ्नो प्रतिस्पर्धीका रूपमा वर्षा शिवाकोटीलाई नै लिन्छु। किनभने मेरो लागि मेरो कम्पिटिटर मबाहेक अरू हुन सक्दैन। सबैले आफँलाई कसरी राम्रो रूपमा प्रस्तुत गर्ने भन्ने सोचले नै कम गरिरहेको हुन्छ। सबैले सक्दो मेहनत गरिरहेको देख्छु र कसैलाई प्रतिस्पर्धी बनाउन र अरू भन्दा अगाडि जाऔं भन्ने मेरो सोच छैन। म निरन्तररूपमा आफ्नो काम गरिरहेकी हुन्छु। अर्को कुरा, सबै कुरा आफ्नो हातमा हुँदैन। आफ्नै करिअर पनि आफ्नो हातमा हुँदैन। तर, म जहिले पनि हिजोको दिनभन्दा आज कसरी राम्रो काम गर्न सक्छु र आफँलाई कसरी बिल्डअप गर्न सक्छु भन्ने सोचेर नै काम गरिरहेकी हुन्छु।

फिल्ममा अभिनय गरेर मात्र गुजारा गर्न सकिने अवस्था छ?

त्यसो त छैन। एउटा फिल्ममा काम गरेर तीन÷चार महिना पनि राम्रोसँग धान्न सक्ने अवस्था छैन। त्यसमाथि अहिलेको यस्तो महँगीको अवस्था छ। कलाकार भएपछि आफँलाई मेन्टेन गर्नै प¥यो। हामी सबैको आ–आफ्नो पारिवारिक जिम्मेवारी हुन्छन्। फ्यामिलीलाई पनि हेर्नै प¥यो। जसका लागि फिल्म क्षेत्रको मात्र इनकमले पुग्दैन। यस कारण फिल्ममा काम गरेर मात्र बाँच्छु भन्ने अवस्था भईसकेको छैन। फिल्मबाहेक अन्य केही न केही गर्नैपर्ने अवस्था छ। त्यसमाथि मेल एक्टरभन्दा फिमेललाई अलि गाह्रो पनि छ। हाम्रो इन्डस्ट्रीमा मेल एक्टरको अप्सन छैन। यस कारण उनीहरुको डिमान्डअनुसार फिल्म मेकर चलिरहेका हुन्छन्। फिमेल एक्टरको हकमा धेरै अप्सन भएका कारण एक जना नभए अर्कोलाई अलि सस्तोमा लिन सक्छन्। यस कारण पनि फिमेलको इनकम मेल एक्टरको तुलनामा कम नै छ।
तपाईं कपडाका कारण बेला–बेलामा चर्चामा आउनुहुन्छ? चर्चामा आउनका लागि तपाईंले यो तरिका अपनाएको भनिन्छ नि?
त्यस्तो भन्नेहरुलाई त के नै भन्ने र? राम्रै काम गरे पनि आंैला उठाउनेहरु १÷२ जना त निस्किन्छन् नै। कुनै पनि व्यक्तिले कस्तो कपडा लाउने भन्ने कुरा आफँमा डिपेन्ड हुन्छ। चर्चामा आउनका लागि मैले त्यो तरिका अपनाएको होइन। चर्चामा आउनका लागि कपडाको साहरा लिनु जरुरी छजस्तो मलाई लाग्दैन। चर्चामै आउनका लागि त अरू धेरै कुरा छन् नि।
विवाहका बारेमा के सोच्नुभएको छ?
विवाहका बारेमा केही प्लान गरेको छैन। भर्खर्रैै अर्को करिअर शुरु गरेर त्यतातिर ध्यान दिइरहेका बेला अचानक विवाहका बारेमा सोच्ने कुरा पनि भएन। विवाह भन्ने कुरा प्लान गरेर हुने कुरा पनि होइन। विवाह हुनका लागि लगन आउनुपर्छ। मैले विवाहको सोच बनाएको त छैन। यदि लगन आएको रहेछ भने यही महिनामा पनि हुन सक्छ।
कोभिड–१९ ले व्यक्तिगत जीवन र करिअरमा कत्तिको असर गरेको छ?
लकडाउनले त मलाई केही असर गरेन। बरु हेल्पचाहिँ ग¥यो। सधैं काममा एकोहोरो बिजी भइरहने मान्छेलाई घरमा बस्ने मौका दियो। त्यो समय मैले धेरै मानिसलाई चिन्ने मौका पाएँ। धेरै किताब अध्ययन गरें। कामका बारेमा पनि सोचेर प्लान बनाउने मौका पाएँ भने यही लकडाउनकै समयमा मैले नयाँ क्ष्ँेत्रमा करिअर शुरु गर्ने मौका पाएँ। यस कारण लकडाउनले मेरो करिअर र व्यक्तिगत जीवन दुवैमा हेल्प गरेको छ। कोरोनाको असर त सबैलाई परेको छ, मलाई पनि परेको छ।
फिल्म क्षेत्रलाई कसरी पहिले जस्तै सञ्चालन गर्न सकिएला?
अहिले हलमा दर्शक छैनन। मेन कुरा त हलमा दर्शकलाई कसरी लाने भन्ने कुरामा ध्यान दिनुपर्छ। हलमा राम्रा राम्रा फिल्म लगाएर हुन्छ अथवा केही समय बाहिरकै फिल्म लाएर हुन्छ कि हलमा दर्शक लान सक्नुपर्छ। दर्शकको एक्सपेक्टेसन सधंै हाई नै हुने गर्छ। त्यसमाथि लकडाउनका कारण नेट फिल्क्सलगायत एप्समार्फत बाहिरका फिल्म हेरिरहेका दर्शकले हाम्रँे फिल्म पनि त्यहीअनुरूपको होस् भन्ने चाहनुहुन्छ। उहाँहरुको चाहना त पँर्णरूपमा पुरा गर्न नसके पनि अब फिल्म निर्माण गर्दा पहिलेकै जस्तो कामचलाउ हिसाबले फिल्म बनाएर हुँदैन।

प्रतिक्रिया दिनुहोस्