नहर भत्किँदा दुईको मृत्यु


दार्चुला, (नेस) ।

अपि हिमाल गाउँपालिका–६ सितोलाको मज्जे भन्ने स्थानमा निर्माणाधीन नहर भत्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नहर निर्माणको काम गरिरहेका मार्मा गाउँपालिका–१ का ४५ वर्षीय बलदेव महर र अपि हिमाल गाउँपालिका–५ सैगन्नाका ३७ वर्षीया गीता धामी रहेका छन् ।

अपि हिमाल गाउँपालिकाको वडा नम्बर ६ राङपाङ खोलाबाट सोही वडाको मज्जे भन्ने स्थानमा निर्माण भइरहेको मज्जे खोला लघुजलविद्युत् आयोजनाको नहर निर्माण गर्ने क्रममा पर्खाल भत्केर उनीहरुको मृत्यु भएको नहर निर्माण समितिका अध्यक्ष धनसिंंह धामीले जानकारी दिनुभयो । ७-८ मिटर उचाइसम्म निर्माण भइरहेको नहरको बीच भाग एक्कासि भत्किँदा नहर निर्माणमा संलग्न डकर्मी महर र सहयोगी धामी हुत्तिएर तल खोलामा खसेको उहाँले बताउनुभयो ।
उनीहरुसँगै काम गरिरहेका अन्य दुई जना भागेर बाँच्न सफल भएका थिए ।

नहर निर्माणमा करिब २०÷२५ जना कामदार काम गरिरहेका भए पनि उनीहरु आसपासको क्षेत्रमा रहेको बुझिएको छ । घटना शनिबार बिहान ११ बजेतिर भएको जनाइएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो ।
यसैको बक्समा