कोरोना परीक्षण शुल्क १ हजार



काठमाडौं, (नेस) । 

कोरोना परीक्षण गर्दा अब शुल्क लाग्ने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले कोरोना परीक्षणको शुल्क १ हजार लिने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आईसीएसका पदाधिकारीसमेतको बैठकले अब सरकारी प्रयोगशालाहरुमा कोभिड–१९ को पीसीआर परीक्षणको शुल्क समायोजन गरी १ हजार मात्र लिने गरी निर्धारण गरिएकाले सोहीअनुरुप गर्न गराउनसमेत डा. समीरले अनुरोध गर्नुभएको छ ।

बैठकले कोभिड–१९ उपचारका लागि तोकिएका सरकारी तथा मेडिकल कलेजमध्ये अब उपरान्त सरकारी अस्पताललाई मात्रै कोभिड–१९ उपचारको अस्पतालका रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै कोभिड १९ को उपचारका लागि तोकिएका मेडिकल कलेजहरुमा बुधबार भर्ना भई उपचाररत संक्रमितको बुधबारदेखि १० दिनसम्मको मात्रै नियमानुसारको शोधभर्ना उपलब्ध गराउने जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्