राज्यविरूद्धको कसूर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री राज्यविरूद्धको कसूर गरेको आरोपमा पक्राउ परेकी छन् । झाँक्रीविरुद्ध कसूर प्रमाणित भएमा ७ वर्ष कैद र ७० हजार जरिवाना सजाय हुनेछ ।

झाँक्रीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राज्यविरूद्धको कसूर अन्तर्गत अनुसन्धान गर्दैछ । उक्त धारामा ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन नहुने’ उल्लेख छ ।

सो दफा अनुसार कसूर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।