हिरासतबाटै झाँक्रीको ट्वीट : यो अन्तिम लडाइँ हो, आफ्नो ठाउँमा डटौं

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राज्यविरूद्धको कसुरमा पक्राउ परेकी नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाइँ भएको बताएकी छन् । आफू अपराध अनुसन्धान मीनभवनमा रहेको जानकारी दिँदै झाँक्रीले सबैलाई धैर्य गर्न भनेकी छन् ।

‘राज्यविरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मीनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो। आफ्नो ठाउँमा डटौं,’ उनले लेखेकी छन्।