ओली श्रीपेचविनाका श्री ७ महाराज : डा. गोविन्द केसी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली श्रीपेचविनाका श्री ७ महाराज भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै केसीले ओली तानाशाह भएको बताउँदै एकजुट भएर जनताले फाल्नुपर्ने जनाएका छन् ।

सर्वोच्चले संसद विघटनपछि बदर गर्ने जनाउँदै केसीले भने ‘अहिले सर्वोच्चको इमानको परीक्षा हुँदैछ, संसद विघटन उहाँहरुले बदर गर्नुहुनेछ, ओली श्री ७ महाराज हुन्, श्रीपेचविनाका । संविधानको हत्‍या गर्ने उनी हत्यारा हुन् ।

यस्तै, केसीले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने ३ बुँदे माग राख्दै फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् ।