सरकारद्वारा बजेट संशोधन एक खर्ब बजेट घट्यो


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चको अंकमा संशोधन गरिएकोे जानकारी दिनुभयो ।

संशोधित अनुमानअनुसार चालू आर्थिक वर्ष १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुनेछ । यो शुरूको विनियोजित बजेटको ९१ दशमलव १९ प्रतिशत हो । यसअघि सरकारले चालू आवका निम्ति १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँको बजेट पेस गरेको थियो । त्यसको तुलनामा संशोधित अनुमान ९१ दशमलव १९ प्रतिशत हो ।बजेटको संशोधित अनुमानमा चालूतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड अर्थात शुरूको विनियोजित बजेटको ९६ दशमलव ४० प्रतिशत, पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड अर्थात शुरूको विनियोजित बजेटको ८० दशमलव २० प्रतिशत बजेट खर्च हुने अनुमान छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड शुरूको विनियोजित बजेटको ८५ प्रतिशत हुने अनुमान गरिएको छ । बजेटको स्रोततर्फ राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋणतर्फ दुई खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान छ ।

यसअघि बजेटमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड तथा तथा आन्तरिक ऋणबाट २ खर्ब २५ खर्ब रुपिया“ उठाउने लक्ष्य राखिएको थियो ।केपी ओलीको नेतृत्वमा गठित सरकारले प्रस्तुत गरेका तीनवटै बजेटको आकार घटेको छ । यसपटक कोरोना कहरका कारण खर्च गर्ने क्षमतामा कमी आएको भए पनि यसअघि सरकारले काम नै गर्न नसकेर बजेटको आकार घटाएको विश्लेषकहरूको भनाइ छ । सरकारले कोरोना खोपका लगायत उपचार र संक्रमण न्यूनीकरण र प्रतिनिधि सभा निर्वाचनका निम्ति बजेट छुट्टाएको जनाए पनि बजेटको आकार घटेको छ ।

ब्रेकर
संशोधित अनुमानअनुसार चालू आर्थिक वर्ष १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुनेछ । यो शुरूको विनियोजित बजेटको ९१ दशमलव १९ प्रतिशत हो । यसअघि सरकारले चालू आवका निम्ति १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँको बजेट पेस गरेको थियो । त्यसको तुलनामा संशोधित अनुमान ९१ दशमलव १९ प्रतिशत हो ।

केपी ओलीको नेतृत्वमा गठित सरकारले प्रस्तुत गरेका तीनवटै बजेटको आकार घटेको छ । यसपटक कोरोना कहरका कारण खर्च गर्ने क्षमतामा कमी आएको भए पनि यसअघि सरकारले काम नै गर्न नसकेर बजेटको आकार घटाएको विश्लेषकहरूको भनाइ छ ।