निर्वाचनको सन्देश दिन प्रम ओली आयोगमा

प्रतिनिधिसभा विघटनविरुद्ध दलहरु सडकमा


सुनील महर्जन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमै पुगेर निर्वाचनको तयारी अघि बढाउन आग्रह गर्नुभएको छ ।तोकिएको मितिमा मध्यावधि निर्वाचन हुने अभिव्यक्ति दिँदै आउनुभएका प्रधानमन्त्री ओली निर्वाचनको घोषणापछि आयोगमा पुग्नुभएको यो नै पहिलोपटक हो । गत पुस ५ गते आइतबार प्रतिनिधिसभा विघटनको सिफारिस स्वीकृत गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

पहिलो चरणको निर्वाचन कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का ४० जिल्लामा गर्ने सोमबार मन्त्रिपरिषद्बाट निर्णय गरिसकेपछि प्रधानमन्त्री ओली आयोग पुग्नुभएको थियो । तोकिएको मितिमा निर्वाचन हुने वातावरण बन्न नसकेका बेला प्रधानमन्त्री ओलीले आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरुलाई निर्वाचनको तयारी अघि बढाउन आग्रह गर्नुभयो । आयुक्तहरुले हालसम्मको तयारीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउनुभएको थियो । आयुक्तहरुले आफँहरू चुनावको तयारीमा जुटेको र तोकिएकै समयमा चुनाव हुने बताउनुभयो ।‘हामी सबै निर्वाचनको तयारीमा जुटेका छौं । तोकिएकै समयमा निर्वाचन होस्, हामी त्यसका लागि तयार छौं।’ –प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो । त्यसलगत्तै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीका सल्लाहकार सँर्य थापाले जानकारी दिनुभयो ।

निर्वाचनको पक्षमा आफँ रहेको सन्देश दिन प्रधानमन्त्री आयोगमा आउनुभएको प्रधानमन्त्रीको हाउभाउ र कुराकानीबाट अनुभँति गरेको एक आयुक्तले बताए । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला नभएसम्म निर्वाचन हुन्छ नै भनेर आयुक्तहरुले पनि ठोकुवाका साथ भन्न सकिरहेका छैनन् । यस्तो बेला प्रधानमन्त्री ओली आयोगमा आउनुले निर्वाचनको वातावरण बनेको सन्देश दिन खोजिएको आयुक्तहरुले भित्रीरुपमा बुझेका छन् । प्रधानमन्त्री ओली र आयुक्तहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।संसद् विघटनबारे सर्वोच्च अदालतमा परेको रिट, नेकपाको आधिकारिकताका सम्बन्धमा दलहरुबीचको विवादलगायतका कारणले घोषित मितिमा निर्वाचन हुनेमा बहुसंख्यक राजनीतिक दल, नागरिक समाज, विभिन्न पेसागत संघ संगठनका प्रतिनिधि र सर्वसाधारणसमेत विश्वस्त हुन सकेका छैनन् । त्यसमाथि प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै देशभर दैनिक आन्दोलन भइरहेको छ ।

नेकपाको आधिकारिकता विवादबारे पत्रकारले राखेको जिज्ञाशामा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताउनुभयो । यद्यपि सो विषयमा पनि छलफल भएको बुझिएको छ । भेटघाटमा प्रधानमन्त्री ओलीले आयोगमा विचाराधीन रहेको नेकपाको विवादतर्फ संकेत गर्दै सँर्यबाहेक अरू कुनै चिह्नबाट आफँले निर्वाचन नलडेको बताउनुभयो ।पार्टी एकता हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सँर्य चिह्न कायम गर्ने सहमति भएको, तर एकता नटुंगिँदै दुर्भाग्यपँर्ण अवस्था आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कहिल्यै सँर्य चिह्नबाट चुनाव नलडेका प्रचण्ड र आप्नाबीचमा सहमति भएर पार्टी एकता गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीको आशय आगामी चुनाव आफँ सँर्य चिह्नबाट लड्ने बताएको पनि आयुक्तहरु बताउँछन् ।भेटघाटपछि ओली पक्षका महासचिव विष्णु पौडेलले चुनावको तयारीबारेमा छलफल भएको बताउँदै पार्टी आधिकारिकताको विषयमा भने आफँहरूको पार्टी नै आधिकारिक हुने दाबी गर्नुभयो । ‘

आज चुनावको तयारीबारे छलफल भयो । पार्टी आधिकारिकताको विषयमा कुनै सवाल नै छैन । पार्टी हाम्रै आधिकारिक हुन्छ । चुनाव चिह्न पनि हामीले नै पाउँछौं ।’ –पौडेलले भन्नुभयो।प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुग्नुभएको थियो ।नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचनसम्बन्धी तयारी अघि नबढाउन आग्रह गर्दै आएको थियो । उहाँहरुले आयोगमै दुईपटक सो आग्रह गरिसक्नुभएको छ । यसैबीच आयोगसँग छलफलपछि प्रधानमन्त्री ओली सीधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास जानुभएको थियो ।