देशभर थप १६० जनामा कोरोना संक्रमण, १६५ डिस्चार्ज, २ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १६० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १६५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ ।

यस्तै, सोही अवधिमा थप २ संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देहभर १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये ८७ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १० हजार ५७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्