हामी विश्वस्त छौं, ओलीले घोषणा गरेको चुनाव हुँदैन : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव नहुने दावी गरेका छन् । मंगलबार नेपालमा कार्यरत अन्तराष्ट्रिय मिडियाका प्रतिनिधिहरुसँग कुराकानि गर्दै प्रचण्डले सरकारले तोकेको मितिमा निर्वाचन नहुने बताएका हुन् ।

प्रचण्डले संसद पुर्नस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको जनाएका छन् ।

‘हामी विश्वस्त छौं, केपी ओलीले घोषणा गरेको चुनाव हुँदैन । प्रतिनिधिसभा पुनःस्थापना हुन्छ,’ उनले भने, ‘यदि केपी ओलीले घोषणा गरेको चुनाव हुने भयो भने त्यो अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुनेछ ’ प्रचण्डले भने ।

सो कार्यक्रममा ओली पछिल्लो समय अयोध्या, राम मन्दिर, पशुपतिनाथसँग जोडिएको उल्लेख गर्दै प्रचण्डले ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी ओललीलाई प्रश्न गरेका थिए ।

यस्तै, प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडौँमा विशाल आमसभाको तयारी समेत गरेको छ ।