पोष्टमार्टम रिपोर्ट : भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बैतडीकाे दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी  किशोरी भागरथी भट्टको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ ।  मंगलबार जिल्ला अस्पताल बैतडीले दिएको पोटमार्टम रिपोर्टमा यस्तो देखिएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । यद्यपी सामूहिक बलात्कार हो वा होइन भन्नेबारे थप अनुसन्धान भइरहेको छ । यद्यपी सामूहिक बलात्कार हो वा होइन भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।

बुधबार हराएकी भट्टको बिहीबार विभत्स हत्या भएको अवस्थामा शव भेटिएको थियो । घटनाबारे सिआइबीको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिहेको छ । भने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् । यस्तै सुदूरपश्चिम प्रहरी प्रमुख पनि घटनास्थलमा पुगेका छन् ।