पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि, सातको मृत्यु

0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५ पुगेको छ। यस्तै आज कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार २६६ पुगेको छ।