उकालो लाग्यो सुनको मूल्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहको छ । चाँदी प्रतितोला २० रुपैयाँ बढेसँगै तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस १८ सय १४ दशमलव २५ डलरमा कारोबार भइरहेको छ।