चीनले -नेपाललाई कोरोनाविरूद्ध खोप उपलब्ध गराउने



काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको कुराकानीमा चीनका विदेशमन्त्री वाङ यीले ५ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो ।

अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन ।चिनियाँ भ्याक्सिनलाई अनुमति दिनेबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्