माटोको ढिस्कोले पुरिएर तीनको मृत्यु



बैतडी । माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु भएकोे छ भने दुई जना घाइते भएका छन् ।मृत्यु हुनेहरुमा जानकी गाउँपालिका–९ को पूर्वखैरीफाँटाका २० वर्षीया भावना वड, १७ वर्षीया धनसरी विक र ३१ वर्षीया गंगा जयगडी रहेका छन् ।

शनिबार बिहान जिल्लाको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर महिलाहरुको मृत्यु भएको हो ।उनीहरु घर पोत्नका लागि माटो लिन गएका बेला माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । यस्तै ढिस्कोले पुरिएर काजल विक र अञ्जु जयगडी घाइते भएका छन् । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्