थप १७१ जनामा कोरोना सङ्क्रमण, २ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप एक सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा थप २२७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हनेको संख्या दुई लाख ६७ हजार २९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या दुई हजार ३३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल संक्रिय संक्रमितको संऋया दुई हजार २७७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्