अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न प्रचण्डलाई सर्वोच्च अदालतको आदेश


काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष  पुष्पकमल दाहाललाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि ‘हेर्न नभ्याइने’ भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।

निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।