पर्सामा एक हजार बढीले कोरोनाविरुद्धको खोप लगाए



Ad26 COV2 Covid-19 Vaccine Trials. (Photo: trialsitnews.com/Wikipedia)

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा कोरोना भाइरस बिरुद्धको खोपलाई प्रभावकारी बनाउनका लागि तीन स्थानबाट खोप केन्द्र स्थापना गरी अभियान संचालन गरिएको छ । नारायणी अस्पतालबाट संचालनमा रहेको खोप अभियान शनिबारबाट वीरगन्जको नेशनल मेडिकल कलेज र आइतबारबाट पोखरिया अस्पतालबाट पनि कोरोना बिरुद्धको खोप केन्द्र स्थापना गरिएको हो ।

सरकारले लक्षित गरेका ब्यक्तिहरुले सहज रुपमा खोप लिन सकून् भन्ने उद्देश्यले पर्साको तीन स्थानबाट कोरोना बिरुद्धको खोप केन्द्र स्थापना गरिएको वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. संजय ठाकुरले जानकारी दिनुभयो । उहाँले हालसम्म्म पर्सामा एक हजार ८८ जनाले कोरोना बिरुद्धको खोप लिइसकेको जानकारी दिनुभयो । यो अभियान यही माघ २३ सम्म पर्सामा पनि जारी रहनेछ ।

सरकारले पहिलो चरणमा फ्रण्डलाइनमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लक्षित गरी गएको माघ १४ गतेबाट खोप अभियान संचालनमा ल्याएको हो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको पहिलो चरण पर्सामा पनि जारी राखिएको हो । पर्सामा तीन हजारलाई खोप दिइने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्