सीताराम अधिकारी , धादिङ । देख्दै मैलो भएको कपडा ननुहाएको पनि धेरै भइसकेको अवस्था । धेरै जसो एक छाकको भरमा जीवन गुजारा गरिरहेका ३ वर्षीया गंगा मगर र जमुना मगरलाई बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ स्थित खानीगाउँमा रहेको तिनकन्या वागेश्वरी आधारभुत विद्यालयमा भेटिनुभयो ।
एक वर्ष अघि विष सेवन गरि आमा गुमाएमा गंगा जमुनाका बाबु ज्यालादारी गर्दछन् । चरम गरीबी झेलिरहेको गंगा र जमुनाका अभिभावक भनेको दाजु ४ वर्षीय सानुकान्छा मगर, ७ वर्षीय दावा मगर र ९ वर्षीय गिता मगर हुन् । उनिहरु एउटै परिवारका सदस्य हुन् । विद्यालयमा आउँदा उनिहरु राती सुत्दा लगाएको कपडा नै लगाएर आएको विद्यालयका शिक्षक दुर्गा कार्कीले बताउनुभयो ।
चरम गरीबी झेलिरहेको मगर परिवार ज्याला गरेको दिन खाना खान पाउँछन् । अन्य दिन भने भोकै सुत्ने गरेका छन् । उनीहरुको बाबु ज्याला गर्न जान्छन् । कहिलेकाँही मात्र घरमा खानेकुरा ल्याउँछन् । धेरै जसो घरमा आउँदैनन् । खानेकुराअभावमा उनिहरु धेरै जसोखाली पेट विद्यालय आउँछन्। भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुर्छन् । खाजाको लागि तयारी भएको थाहापाएपछि न्याउरो अनुहार बनाएर लाइनमा लाग्छन् ।
उनीहरुकोबाबु छन् तर खाना र लुगा लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनिहरु गरिबीसंग जुधेरभएपनि पढाइमा भने अब्बल छन् । विद्यालयले दिने खाजाका लागि आउने र पढाइमा समेत राम्रो भएका चेपाङ र मगर परिवार अबसर पाए प्रगति गर्न सक्ने क्षमता भएका विद्यार्थीहरुमध्ये रहेको विद्यालयका प्रधानाध्यापक जंगबहादुर लोहनीले बताउनुभयो ।
चरम गरीबीले आत्महत्या गर्न बाध्य भएपछि संरक्षक नै गुमाएका बालबालिकाका लागि स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगिहरु र अन्य दाताहरुलाई यनिहरुको लागि उद्धार गर्न, सहयोग उपलब्ध गराउने वातावरण बनाउन विद्यालयका शिक्षकहरुले आग्रह गरेका छन् ।जाडो मौसम, चिसोका कारण विद्यार्थीहरु कक्षाकोठाबाट बाहिरआउन खोजिरहेका थिए तर शिक्षकहरु भने उनिहरुलाई पढाउनमै व्यस्त थिए । चिसोको सामना गरिरहेका केही विद्यार्थी यहि हुलमा थिए । जसको आङ (शरिर) मा पातलो कपडा, थरथर कामीरहेका ८ जना विद्यार्थी । ५ जनाले आमा गुमाएर विचल्लीमा थिए भने ३ जना बाबुआमा दुबै गुमाएर अभिभावक विहनि ।
यो कथा जस्तो लाग्ने विषय बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँमा रहेको तिनकन्या वागेश्वरी आधारभुत विद्यालयको हो । यहाँ गरिब बालबालिका अध्यायन हुने विद्यालयको रुपमा परचित छ ।एउटा पातलो लुगामा देखिएका ४ वर्षीय सिर्जल प्रजा इसिडि (बालविकास कक्षा) मा अध्यान गर्दछन् । उनको बाबुले दुई वर्ष अघि आत्महत्या गरे । बाबुको मृत्युपछि भूकम्पले भत्काएको घर पुनरनिर्माण प्राधिकरणको सहयोगमा आमाले बनाउँदै हुनुहुन्थ्यो । घर बनाउने एक जना मिस्त्रीसंग सिर्जलकीआमा ६ महिना अघि विवाह गरेरगएपछि सिर्जल अब टुहुरा भए । ६ वर्षीया दिदि आक्रोसी प्रजा र दिदि ११ वर्षीया रोशिका प्रजा सिर्जलका अभिभावक हुन । उनिहरु संगै विद्यालय आउँछन् ।उनीहरुसंग एक सरो लगाउने लुगा छैन ।
मैलो भएको लुगा, अनुहारमा समेत निन्याउरो पार्दै विद्यालय आएका उनिहरु कहिले काही मात्र घरमा खानाखाएर आउने गरेको उनिहरुले बताएका छन् ।घरमा कोही नभएपछि मामाघरका वृद्ध अवस्था भइसकेका हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था टिठलाग्दो र दयनिय छ ।विद्यालयमा गरिब विद्यार्थीहरु आउने भएपनि यि चेपाङ बालबालिका गरिबीको एउटा खाडलमा परेका छन्। जसको अब कोही नभएपनि पढ्नमा भने अब्बल रहेको र विद्यालयको उत्कृष्ठ विद्यार्थी रहेरपनि सबै किसिमको सहयोग गर्न नसकिएको विद्यालयका शिक्षक दुर्गा कार्कीले बताउनुभयो ।
उनिहरुमा यस्तो समस्यामा पर्ने गरेको नभएर चरम गरीबीसंग संघर्ष गरिरहेका मजदुर र ज्याला गरेर परिवार पालिरहेका मानिसहरुको बालबालिका अधयायन गरिरहेको तिनकन्या वागेश्वरी आधारभुत विद्यालयमा ३० जना दलित, ७ जना चेपाङ, २९ जना जानजाती, अन्य ३६ जना गरि १ सय २ जना बालबालिकाले अधयायन गरिरहेको प्रधानाध्यापक लोहनीले जानकारी दिनुभयो । विद्यालयमा ४५ जना छात्रा रहेका छन् ।
प्रतिक्रिया