पाल्पामा ५५ जनाको नमूना परिक्षण गर्दा १० जनामा कोरोना

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

पाल्पामा तीन दिनमा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार्र बिहीबार, शुक्रबार र शनिबार गरी ९ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको ५५ नमुना परीक्षण मध्ये १० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका,रिब्दीकोट गाउँपालिकाका एकरएक जना र तानसेन नगरपालिकाभित्रका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै पाल्पामा एक हजार ९ सय जना कोरोना संक्रमित पुगेका छन् ।
कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार संक्रमितमध्ये एक हजार ८ सय १४ जना निको भएका छन् ।

अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ९३ जना, रामपुर नगरपालिकाका २ सय ५७ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय दुई जना, रम्भा गाउँपालिकाका ९० जना, बगनासकाली गाउँपालिकाका १ सय ३४ जना, तिनाउ गाउँपालिकाका ७१ जना, रिब्दीकोट गाउँपालिकाका ७१ जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ६ सय २० जना कोरोनामुक्त भएका हुन् । कोरोनाका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५१ पुगेको छ ।

जिल्लामा अहिलेसम्म १ हजार ९१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।