अवैध रुपमा काठ ओसारपसारमा संलग्न ४ पक्राउ

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा शुक्रवार अवैध रुपमा काठ ओसार प्रसारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ना ३ त ८०० नम्बरको ट्याक्टरमा तिनपाट गाउँपालिका –१ बाट कमलामाई नगरपालिका –१० तर्फ अबैध रुपमा काठ ल्याउदै गर्दा ट्याक्टर सहित ४ जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ पर्नेमा ट्याक्टर चालक तिनपाटन गाउँपालिका –२ का ४८ बर्षका कर्ण बहादुर तामाङ, सोही ठाउँका १८ बर्षका भुवन मगर, ३५ बर्षेका बल बहादुर राना र ५० बर्षका मान बहादुर मगर रहेका छन् ।

नियन्त्रणमा लिईएको ट्याक्टर सहित चारै जनालाई शुक्रावर नै सव डिभिजन वन कार्यालय भिमानमा बुझाएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रवक्ता श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टरमा अबैध रुपमा ल्याउदै गरेको झ्यालको चौकोस ४ थान, ढोकाको चौकोस ५ थान,पट्टा (फलेक) २१ थान, तयारी सालको काठ २३ दशमलब ७९ क्युफिट लोड गरी ल्याउदै गरेको अबस्थामा इलाका प्रहरी कार्यलय भिमानबाट प्रहरी नायव निरिक्षकाको कमाण्डमा खटिएको प्रहरीले चेक जांच गर्दा फेला पारिएको हो ।