कलंकीमा हिटर सर्ट भएर आगो लाग्दा एक वृद्धको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ। मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिका – १४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का छन्। महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।