पर्वतको बालाकोटबाट प्याराग्लाइडिङको सफल परिक्षण

0
Shares

न्युज अफ नेपाल, पर्वत । 

पर्वतको महाशिला गाउँपालिकाको बालाकोटबाट पहिलो पटक प्याराग्लाइडिङ्गको सफल परिक्षण उडान गरिएको छ ।
महाशिला गाउँपालिका वडा नम्बर ३ बालाकोटको रमणीय पर्यटकीय क्षेत्र मुसुरबारी डाँडाबाट परिक्षण उडान सफल भएको हो ।

परिक्षण उडानका क्रममा ४५ मिनेटसम्म निरन्तर उडान गर्न सफल भएको स्थानीय युवा लालप्रसाद गुरुङले बताउनुभयो । मुसुरबारी डाँडाबाट परिक्षण उडान गरिएको प्याराग्लाइडिङ स्याङ्गजाको भिरकोट नगरपालिका ५ स्थित सोरेक मैदानमा पनि प्याराग्लाइडिङ्गको उडानका लागि संरचनाहरु तयार भैरहेका छन ।

परिक्षण उडानमा भिरकोट नगरपालिका वडा नम्वर ५ का वडा सदस्य प्याराग्लाइडिङ्ग पाइलट नवीन थापा उड्नु भएको थियो । परिक्षण सफल उडानपछि स्थानीयहरु उत्साहित भएका थिए । यो क्षेत्र प्याराग्लाइडिङ उडानको लागि प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले प्याराग्लाइडिङ मात्र नभएर पर्यटकहरुलाई आकर्षित गर्ने अन्य बिभिन्न प्रचुर सम्भावनाहरु रहेको स्थानिय युवा बिमल रिजालले बताउनुभयो ।

प्याराग्लाइडिङ परिक्षण उडानको सफल भए सगै वडा अध्यक्ष रोशन गुरुङले अब सरकारबाट अनुमति लिएर यसै क्षेत्रबाट प्याराग्लाइडिङ उडानको व्यावसाय अघि वढाउने योजना रहेको वताउनुभयो । उहाँले प्याराग्लाइडिङकै रुपमा बिकास गर्ने उदेश्यले सडक सुबिधा पुर्‍याईएको जानकारी दिनुभयो । प्याराग्लाईडिङ सँगै मुसुरिडाँडामा रहेको प्रसिद्ध सिद्धको थानको प्रबद्र्धन तथा प्रचारप्रसार गरि धार्मिक पर्यटक समेत भित्राउने योजना रहेको गुरुङले बताउनुभयो । यस अघि जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ र बिहादी गाउँपालिकाको वडा नं ५ लुमरेङ्गको डाँडाबाट पनि उडानको लागि सम्भाब्यताको खोजिगरिएको थियोे ।