थप ३२२ जनामा कोरोना संक्रमण, ३७४ डिस्चार्ज, ६ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९६५ पुगेको छ । त्यस्तै, आज थप ३७४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको मन्त्रालयले जनाएको छ ।