वेलनेस टिम सामाजिक सेवामा समर्पित हुँदै

0
Shares

काठमाडौं, (नेस)

विभिन्न सामाजिक सेवामा समर्पित हँुदै आएको वेलनेस टिमले बाग्लुङको ताराखोला गाउँपालिकामा प्राथमिक उपचारका लागि आवश्यक पर्ने फस्ट एड किट बक्स वितरण शुरु गरेको छ । सो गाउँपालिकामा रहेका २ हजार २ सय घरधुरीमा उक्त किट बक्स वितरण गर्ने योजनासहित अभियान शुरु गरेको टिमकी अध्यक्ष नितु खड्काले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका कारण समाज आतंकित बनिरहेको बेला सो अभियानले कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा गाउँगाउँमा चेतना फैलाउनुका साथै किट वितरण अभियानलाई समेत तीव्रता दिइएको अध्यक्ष खड्काले बताउनुभयो ।
उक्त किट वितरणसहित घरमा नै कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा समेत स्थानीयलाई तालिम दिइएको पनि उहाँले बताउनुभयो ।

बागलुङमा रहेको कोभिड अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत रहनुभएकी खड्काले आफूले पाउँदै आएको ७० प्रतिशत रकमबाट उक्त बक्स खरिद गरेर स्थानीय २ हजार २ सय घरमा नै वितरण गर्ने योजना बनाएकोे बताउनुभयो ।

नमुना गाउँपालिका बनाउने योजनामा रहनुभएकी खड्काले विभिन्न सामाजिक संस्थालाई समेत यो अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।आफूले शुरु गरेको यो अभियान अन्य ठाउँमा पनि लागू भएको सुन्न चाहेको खड्काले बताउनुभयो ।