गृहले गर्‍यो ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई  प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि मन्त्रालयले सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।