प्रचण्ड र नेपाल निर्वाचन आयोगमा



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग जाँदै छन् । आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् ।

आयोगले पार्टीको आधिकारिकता र चुनाव चिन्हबारे गलत निर्णय गर्न लागेको आशंका व्यक्त गर्दै नेकपा प्रचण्ड– नेपाल समूहले आपत्ती जनाएको छ । गत पुष २३ गते आयोगले पठाएको पत्र नै त्रुटीपूर्ण र पूर्वाग्रही देखिएको भन्दै प्रचण्ड–माधव समूह आज आयोग जाँदै छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्धा प्रभावित पार्न आयोगले जालझेल गर्न लागेको भन्दै आज दुबै अध्यक्ष विरोध जनाउन बहादुर भवन जाने कुरा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए ।

साथै, पुष २३ गते आयोगले एक साताको म्याद दिएर पठाएको पत्रबारे पनि सोधपुछ गरिने भएकोछ । आयोगले नेकपाका दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ बमोजिम जवाफ पठाउन पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्