नवधौलागिरी सहकारीको साधारणसभा सम्पन्न


काठमाडौं ।

नवधौलागिरी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामाखुशीमा अवस्थित सहकारीले कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वार्ड नं २६ का बार्ड अध्यक्ष ख्यामराज तिवारीले नेपाली अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै सहकारीमा करिब एक तिहाई योगदान रहेको समेत बताउनुभयो । वार्ड अध्यक्ष तिवारीले सहकारीले निक्ष्प संकंलन गर्ने ,ऋण प्रवाह गरेर सदस्य जीवनस्तरमाथि उठाउनुका साथै सामाजिक क्षेत्रमा समेत उत्तरदयित्व बहन गरेको भन्दै प्रशंशा गर्नुभयो ।सहकारीका सल्लाहकार एवम् नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य भीमलाल पौडेलले सहकारीलाई सफल बनाउन सदस्यको पनि ठूलो भुमिका हुने बताउनुभयो ।

उहाँले सस्थाका सदस्यले शेयर सदस्यले पनि बचत गर्न तथा ऋण लिन आफू निकटका व्यक्तिलाई भनेर सहयोग गर्नुपर्ने औंल्याउनुभयो । कोभिड–१९ ले विश्वकै अर्थतन्त्र धरासयी भइरहेको अवस्थामा पनि सहकारीले सदस्यलाई प्रतिफल दिन सफल भएको भन्दै प्रशंसासमेत गर्नुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष धुब्रहरि ज्ञवालीले आर्थिक वर्ष २०७६-७६ मा सहकारीले गरेको उपलब्धि र भावी योजना प्रगति प्रतिबेदनसहित भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष ज्ञवालीले सहकारी सहकारिताको भावना, मूल्य मान्यता, अनुरुप सामाजिक हितका लागि अनवरतरुपमा लागि परेको बताउँदै सहकारीको माध्यमबाट उपलब्ध स्रोत र साधनको उच्चतम् प्रयोग गर्दे सदस्यको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउँदै आएको बताउनुभयो । कोषाध्यक्ष सन्तोष अधिकारीले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य अम्बिका ज्ञवालीले लेखा प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋण कारोबार गर्ने दुई जनालाई सम्मान पत्र, खादा र नगदले सम्मान गरेको थियो ।

सहकारीले निकट भविष्यमा कार्यक्षेत्र बिस्तार तथा सदस्य सुविधा काउन्टर थप गर्ने सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदर्शन अधिकारीले जानकारी दिनुभयो ।सहकारीको निक्षेप संकलन आर्थिक वर्ष २०७५-७६ मा ७ करोड ७२ लाख १३ हजार रहेकोमा आर्थिक बर्ष २०७६-७७ मा वृद्धि भई १० करोड ३० लाख २७ हजार पु र्‍याउन सफल भएको छ । त्यसैगरी आर्थिक वर्ष २०७५-७६ मा ९ करोड ९८ लाख ९० ऋण प्रबाह गर्न सफल भएकोमा आर्थिक वर्ष २०७६-७७ वृद्धि गरी १३ करोड ३१ लाख ५० हजार पुर्‍याउन सफल भएको छ ।