डा. गोविन्द केसी सडकमा


कामठाडौं, (नेस)
प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ । शनिबार माइतीघरमण्डालामा गरिएको प्रदर्शनमा डा. गोविन्द केसी पनि सडकमा आउनुभएको छ ।
संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनस्र्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् । प्रदर्शनमा डा. गोविन्द केसी ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्डसहित सहभागी हुनुभएको थियो ।
विरोध प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा. केसीलगायतलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा निर्वाचनको मिति तोक्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन रिट दर्ता भएका छन् ।