सन्दीपको टिम होबार्ट पराजित


लन्डन, (एजेन्सी)
नेपालका बलर सन्दीप लामिछानेले अस्टे«लियामा जारी ‘बिग बाश टी २०’ लिगमा सिड्नी थन्डरविरुद्ध किफायती बलिङ गरे पनि उनी सम्मिलित टिम पराजित भएको छ ।
लेगस्पिनर सन्दीपले आफ्नो टिम होबार्ट हरिकेन्सका लागि २३ रन खर्चेर एक विकेट लिएका हुन् । उनले थन्डरका कप्तान केलम फर्गुसनलाई व्यक्तिगत १ रनमा आउट गरेका हुन् । कप्तान सस्तैमा आउट भए पनि बिहीबार भएको उक्त खेलमा थन्डरले १ सय ६८ रनको लक्ष्य दियो । तर, होबार्टको टिम १ सय २८ रनमा समेटिएपछि थन्डरले ३९ रनको जित हात पा¥यो ।
होबार्टका लागि कप्तान पिटर हेन्डस्कोम्बले सर्वाधिक ३० रन बनाउनुबाहेक अन्यले गतिलो ब्याटिङ गर्न असक्षम भए । अन्यमा बेन म्याकडर्मेटले २२ रन, डेविड मालनले २० रन, डीआर्सी शर्टले १९ रन र कोलिन इन्ग्रामले १२ रनको योगदान दिएका हुन् । त्यसपछि पुछारका ब्याटस्म्यान दोहोरो रनमा पुग्न सकेनन् । थन्डरका बलरमा नाथन मेकएन्ड्र्यु, क्रिस ग्रिन र तनवीर सांघाले २÷२ विकेट लिएका हुन् ।
यसअघि, थन्डरका ओपनर उस्मान ख्वाजाले शानदार ब्याटिङ गरेका थिए । ख्वाजाले पहिलो विकेटका लागि एलेक्स हेल्ससँग ५९ रनको राम्रो साझेदारी गरे । हेल्स २१ रनमा आउट भएलगतै थन्डरका कप्तान फर्गुसनलाई सन्दीपले योहान बोथाद्वारा क्याच आउट गराएका थिए । अर्को एक विकेट पनि छिटै पभेलियनमा फर्केपछि जमिरहेका ख्वाजालाई पनि आउट गर्न सफल भयो । १ रनले अर्धशतकमा पुग्न नसकेका ख्वाजालाई शर्टले आउट गरेका थिए ।
तर, मध्यक्रमका ब्याटसम्यान एलेक्स रोस र बेन कटिङले छैटौं विकेटका लागि ५७ रन साझेदारी गरेर टिमलाई बलियो स्कोरमा पु¥याए । रोस ४४ रनमा र कटिङ ३१ रनमा नटआउट रहे । होबार्टका बलरमा सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । जबकि शर्टले ३ विकेट लिन ४ ओभरमा २६ रन दिएका थिए ।